शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन

आइतबार, १२ भदौ २०७९, १९ : ४९
आइतबार, १२ भदौ २०७९

नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध तराई मधेस लोकतान्त्रिक पार्टीले विरोध प्रदर्शन गरेको छ । आइतबार जनकपुरधामस्थित जनक चोकमा तमलोपा धनुषाले ‘विभेदी मानसिकताको खोल पोल’ भन्दै नागरिकता विधेयक प्रमाणीकरण गर्न दबाब दिने उद्देश्यले विरोध प्रदर्शन गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको कार्यकर्ताको बनेको आरोप लगाउँदै तमलोपाका कार्यकर्ताहरूले उनको विरोधमा चर्का नाराबाजी समेत गरेका छन् । तमलोपाकी नेतृ विभा ठाकुरले पछिल्लो पटक जस्तै यस पटक पनि राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने हो कि भन्ने आफूहरूलाई शंका लागेको कारण आन्दोलन गर्नु परेको बताइन् । उनले यसपटक बदमासी भएमा कडा आन्दोलन गर्ने चेतावनी समेत दिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप