शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा विद्युतीय बस सञ्चालन लागि कार्यदलको प्रतिवेदन मन्त्रीलाई हस्तान्तरण

आइतबार, १२ भदौ २०७९, १९ : ०७
आइतबार, १२ भदौ २०७९

लुम्बिनी विकास कोषले विद्युतीय गाडी सञ्चालनका लागि गठन गरेको कार्यदलले कोषका अध्यक्ष तथा मन्त्री जीवनराम श्रेष्ठलाई आज अध्ययन प्रतिवेदन बुझाएको छ । कार्यदलले सञ्चालन मस्यौदा कार्यविधिसहित प्रतिवेदन बुझाएको लुम्बिनी विकास कोषले जनाएको छ ।

लुम्बिनी विकास कोषको जेठ १९ मा बसेको बैठकले कोषाध्यक्ष ढुण्डीराज भट्टराईको संयोजकत्वमा विश्वराज पौडेल र राजेश शाक्य रहेको ३ सदस्यीय कार्यदल बनाएको थियो । उक्त कार्यदलले आफ्नो जिम्मेवारी पुरा गर्दै आइतबार प्रतिवेदन र कार्यविधि निर्माण गरी पेस गरेको हो ।

३ वर्षदेखि लुम्बिनी विकास कोषलाई एशियाली विकास बैंकबाट सहयोगमा प्राप्त विद्युतीय बस कार्यविधिको अभावमा सञ्चालनमा आउन सकेको थिएन । संयोजक भट्टराईका अनुसार प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले प्रतिवेदन अध्ययन गरी छिटै कोषको बैठक राखेर अन्तिम निर्णय गरी बस तथा इ भ्यान सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनी र बृहत्तर लुम्बिनी क्षेत्रमा जाने पर्यटकहरूलाई सुविधा होस भनेर अनुदानमा प्राप्त बस तथा भ्यानहरू एशियाली क्लीन इनर्जी फण्डको सहयोगमा वातावरण मैत्री तथा वैकल्पिक ऊर्जाको प्रयोगलाई बढाउने अभिप्रायले आएको हो ।

कोषलाई प्राप्त ५ वटा बस र १४ भ्यानहरू १२ करोड बढी लागतका हुन् भने यसलाई चार्जिङ स्टेशन निर्माण गर्न झण्डै १४ करोड रुपैयाँको लागतमा सौर्य ऊर्जा केन्द्र निर्माण भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप