आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डको चुनावी कमाण्डर मेयर रेनु दाहाल

आइतबार, १२ भदौ २०७९, १८ : ५३
आइतबार, १२ भदौ २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को चुनावी कमाण्डर केन्द्रीय सदस्य एवं भरतपुर महानगर मेयर रेनु दाहाल भएकी छन् । आइतबार बसेको बाग्मती प्रदेशको बैठकले  केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्नेक्रममा रेनुलाई प्रचण्डको चुनावी क्षेत्रको कमाण्डर बनाएको माओवादी केन्द्रका चितवन जिल्ला अध्यक्ष आरसी अधिकारीले बताए । 

सबै केन्द्रीय सदस्यलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कार्यविभाजन गरेर खटाइएको छ । केन्द्रीय सदस्यलाई जिम्मेवारी दिनेक्रममा रेनुलाई प्रचण्डको चुनावी क्षेत्रमा खटाएको हो । प्रचण्डको चुनावी क्षेत्र चितवन क्षेत्र नम्बर ३ हो । अरु केन्द्रीय सदस्यलाई समेत प्रदेशका १३ जिल्लामा कमाण्डर बनाएर खटाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप