बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

माओवादीलाई वामपन्थीभित्रको पहिलो शक्ति बनाउने गरी लागौं : प्रचण्ड

आइतबार, १२ भदौ २०७९, १७ : ५३
आइतबार, १२ भदौ २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी चुनावमा वामपन्थी भित्रको पहिलो शक्ति बनाउनेगरी लाग्न निर्देशन दिएका छन् । बागमती प्रदेशका पदाधिकारीसहित केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरुको बैठकलाई ललितपुरमा सम्बोधन गर्दै प्रचण्डले आगामी मंसिर ४ गतेको चुनावबाट संसदको दोस्रो शक्ति बन्ने प्रवल सम्भावना भएकाले चुनावमा केन्द्रीत हुन निर्देशन दिएका छन् ।

‘हामी यो चुनाव काँग्रेससँगै गठबन्धन गरेर जानुपर्छ । त्यसबाट दायाँबायाँ हुने अवस्था छैन । काँग्रेसले धोका दिएमा गठबन्धनभित्रै वामपन्थी मिलेर भएपनि तालमेल हुन्छ’ प्रचण्डको भनाई उदृत गर्दै प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले भने, ‘हामी यो चुनावमा वामपन्थी भित्रको पहिलो शक्ति हुने सम्भावना छ । त्यसरी चुनावमा केन्द्रीत भई लाग्नुस् ।’ काँग्रेस सहितको गठबन्धन बनाएर गएमा माओवादी संसदको दोस्रो शक्ति हुन कसैले रोक्न नसक्ने प्रचण्डले बताए । 

उनले आगामी चुनाव सकिएपछि कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संघर्ष गर्ने अवस्था आउन सक्ने बताए । अहिलेको संसदीय प्रणालीबाट मुलुकको रुपान्तरण  हुन नसक्ने बताउँदै प्रचण्डले चुनावपछि आन्दोलन गर्ने अवस्था आउन सक्ने बताए । प्रदेशको बैठकमा १३ जिल्लाका अध्यक्षले आ–आफ्नो जिल्लाको रिपोर्ट प्रस्तुत गरेका थिए ।

प्रदेशका कुन जिल्लाको कस्तो अवस्था छ भन्ने विषयमा प्रदेशका अध्यक्षले रिपोर्ट प्रस्तुत गरेका हुन् । यस्तै पार्टीका केन्द्रीय सदस्यको समेत कार्यविभाजन गरिएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा केन्द्रीत हुनेगरी केन्द्रीय सदस्यको कार्य विभाजन गरिएको पौडेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप