महाभियोग सिफारिस समितिलाई नेपाल बारले उपलब्ध गरायो प्रमाण (पूर्ण पाठसहित)
आइतबार, १२ भदौ २०७९, २२ : ३०
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले विभिन्न प्रमाण उपलब्ध गराएको छ । जबराविरुद्ध लगाइएको महाभियोग पुष्टि आधार हुने दाबीसहित बारले महाभियोग सिफारिस समितिलाई आरोपसँग सम्बन्धित कागजात, विवरण र जानकारीलगायतका प्रमाणहरु उपलब्ध गराएको हो ।
महाभियोग आरोप पुष्टि गर्ने प्रमाण भन्दै एसोसिएसनले समितिलाई बुझाएको पत्रमा विभिन्न २४ वटा बुँदा समेटिएको छ । नेपाल बार एसोसिएसनले जबरालाई हटाइनुपर्ने भन्दै लामो समय आन्दोलन गर्दै आएको थियो भने महाभियोग लगाइएको विरोधमा स्वागत गरेको थियो ।
समितिले यसअघि जबरा विरुद्धको प्रमाण माग गर्दै बारलाई पत्राचार गरेको थियो भने स्वयम् जबरालाई पनि भदौ १५ गते छलफलका लागि बोलाइएको छ ।
पूर्णपाठ-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म