आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

ताइवानमा एकपछि अर्को अमेरिकी नेताको भ्रमण : किन दिइँदैछ यस टापुलाई यति महत्व ?

आइतबार, १२ भदौ २०७९, १७ : ११
आइतबार, १२ भदौ २०७९

अगष्टमा सुरुमा अमेरिकी संसदको तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ) की सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणमा गइन् ।  उनको भ्रमणमा चीनले कठोर प्रतिक्रिया जनाएको भएपनि एकपछि अर्को प्रतिनिधिमण्डल ताइवान पुगिरहेका छन् ।  

पेलोसीको भ्रमणपछि चीनले ताइवान वरपर सैन्य अभ्यास गर्यो । त्यसलाई भविष्यमा ताइवान कब्जाको रिहल्सलको रुपमा व्याख्या गरियो ।  पेलोसीको भ्रमणको १२ दिनपछि अमेरिकी सिनेटर एड मार्के सो टापु ओर्लिए । त्यस्तै विहिबार रिपब्लिकन सिनेटर मार्सा ब्ल्याक वर्न ताइपेई पुगिन् । 

अमेरिकी राजनीतिज्ञले ताइवानलाई अहिले आएर यति महत्व किन दिन थाले की एक पछि अर्को अमेरिकी राजनीतिक ताइवान गइरहेका छन् ? 

अमेरिका–चीन प्रतिद्वन्दीता
अमेरिकाले केही समयदेखि चीनलाई प्रमुख रणनीतिक प्रतिद्वन्दीको रुपमा हेर्न थालेको छ । अमेरिकाले पूर्वी एसियामा चीनको बढ्दो आक्रामकतालाई जवाफ दिन पछिल्लो दशकमा ताइवानलाई समर्थन दिनु आवश्यक भएको बताउन थालेका छन् । 

सन् २०२१ मा अमेरिका, अष्ट्रेलिया र बेलायतले एशिया प्रशान्त क्षेत्रमा चीनको वृद्धि विरुद्ध  जवाफ दिन ओकस नामको त्रिदेशीय सुरक्षा गठबन्धन घोषणा गरे ।  चीनले स्वशासित ताइवानलाई आफ्नो भूमि भएको दावी गर्छ र उसले टापुलाई नियन्त्रणमा लिइ छाड्ने र आवश्यक परे बल प्रयोग गर्ने बताउँदै आएको छ । 

चीनको बढ्दो आक्रमकताबीच अमेरिकी राजनीतिज्ञहरू भने उसलाई सन्देश दिन अवश्यक भएको बताउन थालेका छन् ।  विशेषतः कुनै दिन ताइवान संकट उत्पन्न भएमा र चीनले आक्रमणको मन बनाएमा, अमेरिका चुपचाप छेउमा बस्छ र प्रतिरक्षामा उत्रिँदैन भन्ने चिनियाँ नेतामा नपरोस् भन्ने उनीहरु चाहन्छन् । 

‘रणनीतिक अस्पष्टता’देखि रणनीतिक स्पष्टतासम्म

अमेरिकाको ताइवानको विषयमा हालसम्म ‘रणनीतिक अस्पष्टता’ नीति बोक्दै आएका थिए । यस नीति अन्तर्गत चीनले ताइवानमाथि आक्रमण गरेमा अमेरिकाले के गर्नेछ भन्ने कुरा खुलाइएको छैन ।  तर पछिल्लो समय यस नीतिमा परिवर्तन आइरहेको संकेत देखिन थालेको छ ।

अमेरिकाले ताइवानको सवालमा लिएको रणनीतिक अस्पष्टताको नीति परित्याग गरेको सबैभन्दा बलियो प्रमाण गत मे मा आयो, जब राष्ट्रपति बाइडेनले ताइवानमाथि चीनले आक्रमण गरे आफूहरुले सो टापुको प्रतिरक्षाको लागि बल प्रयोग गर्ने बताए । 

बाइडेनले अमेरिकाले ‘एक चीन नीति’ मा सहमति जनाउने तर ‘ताइवानलाई बल पूर्वक कब्जा गर्न सकिन्छ’ भन्ने सोच उपयुक्त नभएको बताए ।  पेलोसीले बहसमा थप स्पष्टता दिने गरी ‘अमेरिका ताइवानको साथमा रहेको’ बताइन् । 
युक्रेन युद्ध
युक्रेन माथि रुसी आक्रमणपछि धेरैको नजर ताइवानतर्फ तानियो । ताइवानले युद्धका सुरुवाती दिनमा सतर्कताको तह बढाएको थियो ।  रुसी आक्रमणले विश्वको ध्यान अन्यत्र मोडिएको समयमा चीनले फाइदा उठाउन सक्ने ताइवानको डर थियो ।  

युक्रेन युद्ध सुरु भएको पहिलो सातामै पूर्व अमेरिकी रक्षा तथा सुरक्षा अधिकारीहरुको एक प्रतिनिधिमण्डल ताइवान गएको थियो । त्यसको नेतृत्व कुनै समयका युएस जोइन्ट चिफ्स अफ स्टाफका अध्यक्ष माइक मुलेनले गरेका थिए । 
जुलाईमा अमेरिकाको केन्द्रीय गुप्तचर सेवा सीआइएका निर्देश विलियम बर्नले युक्रेनमाथि रुसको आक्रमणले ताइवानको विषयमा चीनको धारणालाई प्रभावित बनाएको बताए । उनीहरु अहिले बढी सतर्क भएको उनको ठम्याई थियो । 

अमेरिकाभित्रको घरेलु राजनीति

इतिहासकार नियाल फर्गुसनले अमेरिका मध्यावधि चुनाव नजिकिँदै गरेको सन्दर्भमा बाइडेन ताइवानको विषयमा थप आक्रमक भएको हुनसक्ने बताए । अमेरिकास्थित स्वतन्त्र राजनीतिक फ्याक्ट चेकिङ बेभसाईटमा ‘पोलिटिफ्याक्ट’ले अमेरिकी उमेद्वारका चुनावी प्रचारमा प्रयःजसो चीनसँग कठोर हुने वाचा गरेको पाइएको बताएको छ । 

ती उमेदवारले आफ्ना प्रतिद्वन्दीलाई भने चीनसँग नरम भएको आरोप पनि लगाउने गर्छन् । अमेरिकामा चीनप्रति नकारात्मक धारणा राख्ने मतदाताको संख्या निक्कै बढेकाले पनि यो राजनीतिज्ञले मतदाता तान्न यस्तो विधि लिएको हुनसक्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप