बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यातायातका सेवाग्राहीले छिटो छरितो सेवा पाउने कहिले ?

आइतबार, १२ भदौ २०७९, १७ : ११
आइतबार, १२ भदौ २०७९

केही समय अगाडिदेखि सरकारले विभिन्न निकायमा सेवाग्राहीलाई अनलाइनमार्फत् सेवा दिने भनेर गरेको सूचनाले सेवाग्राहीले सहज हुने महसुस गरेका थिए । जब आफू कुनै काम परेर सरकारी कार्यालयमा पुगिन्छ, तब थाहा हुन्छ कि सरकारले गरेको प्रयास कति सफल भयो । अनलाइन सेवाले हाम्रो देशमासेवाग्राहीले झन् सास्ती भोग्नु परेको छ ।

सेवाग्राहीहरु विहानै कार्यालय परिसरमा पुगेर घण्टौँ लाइनमा उभिन बाध्य छन् । उदाहरणको लागि म यही साउन ९ गते बिहान ८ बजे अनलाइन फारम प्रिन्ट गरेर बुझाउन ठुलो भर्‍याङ यातायात कार्यालय पुग्दा भीडभाड भइसकेको थियो । सेवाग्राहीको लाइनमा म पनि बसे । ९ बजेपछि यातायातका कर्मचारीहरु कार्यालय आउन सुरु भयो । सेवाग्राहीलाई १० बजेपछि टोकन बाँड्न सुरु भयो ।

नियम पालन गर्नेहरु आफ्नो पालो कुरेर उभिई रहेका थिए । तर टोकन लिने क्रममा पनि चिनजान र नियम पालना नगर्नेहरु लाइन नै नबसी टोकन लिएका थिए । टोकन लिने ठाँउबाट नै सुरु भयो, अनलाइनमार्फत होइन कि झ्यालबाट सेवा दिने चलन ।

पहिलेबाट नै आफ्नो मान्छे र चिनजानको कोही भयो भने झ्यालबाट सेवा दिने चलन हाम्रो लागि नयाँ होइन । बिहानै गए पनि बायोमेट्रिक गर्नका लागि मेरो पालो १ सय ६६ जनापछि थियो । लाइन गएर कहिले जेनेरेटर बाट काम गर्दा त्यसले पनि काममा ढिलाई भयो । तर यातायातकै कर्मचारी, पुलिसदेखि अरु व्यक्तिहरुले विभिन्न बहानामा लाइनमै नबसी आफ्नो मान्छे घुसाइ रहे । झनै दिक्क लाग्ने माहोल भयो । विभिन्न सास्तीको बाबजुद मेरो पालो बल्ल १ बजे आयो ।

दोस्रो दिन लिखितको लागि पनि बिहानै यातायात कार्यालय पुगेँ । सास्ती अघिल्लो दिनको जस्तै आफ्नो हाजिरी मात्र बिहान ६ बजे पुगेको म पालो ८ बजे आयो । उफ, हाजिर गरेपछि परीक्षा दिनको लागि पनि त्यस्तै लाइन । विहान ७ बजेबाट परीक्षा हुने सूचना भएपनि १० बजेबाट मात्र सुरु भयो । विहान ६ बजे पुगेको म मेरो पालो परीक्षाको लागि दोस्रो लटमा मात्र आयो । दुई दिनको सास्तीपछि तेस्रो दिन ट्रायलको लागि गुर्जुधारा जानुपर्ने थियो ।

ट्रयाल स्थलमा नै केही सयम अभ्यास गर्ने सोचका साथ विहानै गएँ । ट्रायल सिक्नेहरुको जमात थियो । बाइक २ मिनेट जति एक राउण्ड लगाएको सय रुपैया तिर्नुपर्ने नियम रहेछ । कार्यालयले राम्रो पैसा असुल्ने रहेछ भन्ने सोच्दै निराश मुद्रामा ५ सय सय तिरेर ५ राउण्ड लगाएँ ।

आफ्नो कार्यालयबाट समय मिलाएर आए पनि सोचेको समयका काम नै नबन्ने रहेछ । कम्तीमा पनि ३ दिन लाइसेन्सकै लागि सयम छुट्याउनुपर्ने रहेछ । सेवाग्राहीको समयको कुनै प्रवाह नै छैन । यहाँका कर्मचारीलाई जनताको तिरेको राजस्वबाट तलव खाने तर सेवाग्राहीलाई गरिने व्यवहार कत्ति पनि राम्रो छैन । भद्रगोल व्यवस्थापन र कर्मचारीको रुखो व्यवहार यातायात कार्यालयका कर्मचारीको विशेषता हो ।

यातायात विभागले गएको फागुनबाट चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइनबौ फारम भर्न सकिने व्यवस्था गरेको थियो । यो निर्णयबाट सेवाग्राहीहरु अब भने लाइनको झन्झटबाट मुक्त भइयो भन्ने सोचेका थिए । कार्यालयमा लाइसेन्सका लागि निवेदन दिन अधिक भीड भएको कारण विभागले अनलाइनबाट निवेदन दिने व्यवस्था गरेको थियो । तर निवेदन बुझाउन कार्यालय जानैपर्ने भएकाले त्यसको खासै उचित सदुपयोग भएको छैन । झन् सास्ती खेप्नु परेको छ ।

यातायात कार्यालयमा मात्र नभएर यस्तो समस्या प्रायः सवै सरकारी कार्यालयमा देखि भोगी आएको हो । हामीले कहिलेसम्म छिटो छरितो सेवा पाउने ? कार्यालयहरुमा सेवा लिनका लागि चाप हुनु स्वाभाविक हो । तर कार्यालयबाट लाइन व्यवस्थापन गर्ने सामान्य प्रयाससमेत भएको हुँदैन । महँगो सेवा शुल्क तिरेपनि सेवा लिन भने जहिल्यै सास्ती भोग्नुपर्ने कहिलेसम्म ?

प्रशासनले जनताको मन जित्ने गरी काम गरेको छैन । सरकारी काम भन्ने बित्तिकै नाक खुम्च्याइ हाल्ने जमात धेरै छ । सेवाग्राहीको काम आफ्नो काम हो भन्ने नसोच्नु कर्मचारीको विडम्बना हो । एउटा कार्यालय प्रमुखले हरेका कुरा सुधार गर्न चाहेमा त्यो सम्भव छ । त्यसका लागि प्रमुखले आफ्नो मातहतका कर्मचारीको सुपरिवेक्षण गर्नु जरुरी छ । कार्यालय प्रमुख नै गैरजिम्मेवारी भयो भने व्यवस्था परिवर्तन हुँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप