सिजिनेट जोडी र सिजि ग्राण्ड जोडी अफर शुभारम्भ
इन्टरनेट सेवा प्रदायक कम्पनी सिजि नेटले स्काईकमसँगको सहकार्यमा बहुप्रतिक्षित आईपीटिभी सेवा सिजिनेट जोडी योजना शुरु गरेको छ । ग्राहकको आवश्यकता र मागलाई मध्यनजर गर्दै भरपूर मनोरञ्जन दिलाउने उद्धेश्यले कम्पनीले आइतबारदेखि सिजिनेट मेगा जोडी र सिजिनेट ग्राण्ड जोडी अफरको शुभारम्भ गरेको हो ।
यो सेवा सञ्चालनमा आएसँगै अव ग्राहकले सिजिनेट र आइपीटिभी दुवै सेवा सञ्चालन गर्न पाउने छन् । आइपीटिभी अन्तर्गत २५७ च्यानल उपलब्ध हुने छन् भने ती च्यानल मध्ये १२५ वटा एचडी र १३२ वटा एसडी च्यानल हुनेछन् । तीमध्ये ५० भन्दा बढी इन्टरटेण्टमेण्ट च्यानल, १० भन्दा बढी म्युजिक च्यानल, १० भन्दा बढी किड्स च्यानल, १० भन्दा बढी धार्मिक च्यानल, २० भन्दा बढी स्पार्टस च्यानल लगायतका च्यानलहरू हुनेछन् । यस्तै यसमा २० भन्दा बढी स्टार च्यानल, १५ सोनी च्यानल, ५ कलर च्यानल, १० जी नेटवर्क लगायत छन् । सिजिनेटले आफ्ना ग्राहकहरूका लागि न्युन शुल्कमा उच्च गुणस्तरीय क्वालिटी सुनिश्चित गर्दै सिजिनेट जोडी सेवा शुरु गरेको हो ।
सिजी नेट जोडी प्याकेज त्रैमासिक र वार्षिक रुपमा उपलब्ध हुनेछन् । स्प्रिण्टर जोडी (८० एमविपिएस प्लस आइपीटिभी) को प्रति महिना ८१०, पपुलार जोडी (१५५ एमविपिएस प्लस आइपीटिभी) को १०५५ र रकस्टार जोडी (३०५ एमविपिएस प्लस आइपीटिभी) को प्रतिमहिना १३७४ शुल्क लाग्नेछ । त्रैमासिक योजना अनुरुप स्प्रिण्टर जोडी ८० एमवीपिएसको साथमा आइपी टिभीको रु २६४०, पपुलार जोडी एमवीपिएसको साथमा आइपी टिभीको रु ३७५० र रक स्टार जोडी ३०५ एमवीपिएसको साथमा आइपी टिभीको रु ९७२० शुल्क लाग्ने छ ।
यस्तै वार्षिक योजना अनुरुप स्प्रिण्टर जोडी ० एमवीपिएसको साथमा आइपी टिभीको रु ९७२०, पपुलार जोडी एमवीपिएसको साथमा आइपी टिभीको रु १२६६० र रक स्टार जोडी ३०५एमवीपिएसको साथमा आइपी टिभीको रु १६४८ शुल्क लाग्ने छ । यो दरमा १३ प्रतिशत भ्याट जोडिने छ । सेटप बक्सकालागि ग्राहकले एक पटक रु २६०० शुल्क तिुर्नु पर्ने छ । यसकासाथै सिजिनेटले वदलिँदो समय अनुरुपमा निरन्तररुपमा उच्चस्तरीय सेवा उपलब्ध गराउँदै लैजाने छ ।
सिजी डिजिटलले सिजि नेट सँगको सहकार्यमा सार्वजनिक गरेको सिजी ग्राण्ड जोडी अफर अन्तर्गत ग्राहकले दुई फरक स्मिक प्राप्त गर्न सक्नेछन् । जसमा ग्राहकले ८० एमवीपिएस र आइपिटिभीका साथमा ४३ इन्चको सिजी टिभी रु ३५९९९ मा र ८० एमवीपिएस र आइपिटिभीका साथमा ३२ इन्चको सिजी टिभी रु २५४९९ मा प्राप्त गर्न सक्नेछन् ।
ग्राहकले यी जोडी प्याकेजहरु सिजी नेट कार्यालय, सिजी डिजिटल आउटलेट, सिजिनेट वेवसाइट, फोन सम्पर्क वा दराज अनलाइन मार्फत प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार ४० हजार भन्दा बढी ग्राहकले यसअघि नै काठमाडौं उपत्यकाका साथै हेटौडा, वुटवल, भैरहवा, नवलपुर, भरतपुर, रत्ननगर र कावासोती गरी ७ प्रमुख सहरहरुबाट यो सेवा सुनिश्चित गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
-
एकीकृत समाजवादीले आज नेताहरूको जिम्मेवारी तोक्ने
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
रोशीका बाढीपहिरो प्रभावितलाई बल्ल अस्थायी आवास निर्माण
-
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
-
म्याग्दीमा सुन्तला बिक्री गर्न बजार खोज्नुपर्ने झन्झट हट्यो