सत्तारुढ गठबन्धन सिद्धान्त र कार्यक्रमविहीन हो : वृषेशचन्द्र लाल
तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले मुलुकमा अहिले चलिरहेको गठबन्धनको राजनीति निर्वाचनमा आफ्नो सीट सुरक्षित गर्न र भोटको गणितमा आधारित मात्र रहेको बताएका छन् । आइतबार महोत्तरी गाउँपालिकामा आसन्न निर्वाचनको सन्दर्भमा कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष लालले सत्तारुढ गठबन्धनको कुनैपनि सिद्धान्त र कार्यक्रममा आधारित नभई निर्वाचनमा सिट सुरक्षित गर्नका लागि भएको बताए ।
उनले वर्तमान गठबन्धन सिद्धान्त र कार्यक्रमको आधारमा नरहेकाले नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा नेपाल, एकीकृत समाजवादीलगायतका दलहरू आ–आफ्नो सिद्धान्तलाई तिलाञ्जलि दिएको आरोप लगाए । उनले गठबन्धनमा रहेका दललाई एउटै ड्याङ्गका मूला रहेको भन्दै उनले भने, ‘यी सबमा कोही लोकतन्त्रवादी वा वामपन्थी छैनन्, यी सबैको भ्रममा पर्नु ठीक नहुने र परियो भने ठगिने निश्चित छ ।’
गठबन्धनको निर्माण कुनै खास एजेण्डाको आधारमा नभएको र यस्तो गठबन्धन वर्तमान निर्वाचन प्रणालीको मजाक उडाइरहेको आरोप लगाउँदै उनले मतदाताले समानुपातिक मत कसलाई र कुन आधारमा हाल्ने भन्ने प्रश्न खडा भएको बताए । खास गरी समानुपातिक समावेशीतालाई महत्वहीन बनाइँदै लगिएको उनको आरोप छ । त्यस्तै तमलोपाका वरिष्ठ नेता डा. विजयकुमार सिंहले मधेश केन्द्रित दलहरुले मधेशको एजेण्डा बिसाइदिएको कारणले तराई–मधेश लोकतान्त्रिक पार्टी सक्रिय भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते