गत वर्ष थपियो ७४१ मेगावाट बिजुली, कूल जडित क्षमता २२६९ मेगावाट

गत वर्ष राष्ट्रिय प्रसारण लाइनमा ७४१ मेगावाट बिजुली थपिएको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री पम्फा भुसालले गत आर्थिक वर्षमा नेपालको राष्ट्रिय प्रसारण लाइनमा ७४१ मेगावाट बिजुली थपिएको जानकारी दिइन् । यससँगै, नेपालको कूल जडित क्षमता २२ सय ६९ मेगावाट पुगेको छ । यस्तै, ६६ किलोभोल्टभन्दा बढी क्षमताको प्रसारणलाइन ४४६ सर्किट किलोमिटर थप भएको छ ।
यससँगै, नेपालको प्रसारण लाइन कूल ५ हजार ८६ सर्किट किलोमिटर पुगेको छ । यस्तै, ऊर्जामन्त्री भुसालका अनुसार गत आर्थिक वर्ष विद्युत चुहावट झण्डै २ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष १७.१८ प्रतिशत रहेको चुहावट गत वर्ष १५.३८ प्रतिशतमा आइपुगेको छ ।
मन्त्रालयको कार्यभार सम्हालेयताको कार्यप्रगति सार्वजनिक गर्दै मन्त्री भुसालले २० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकलाई (सामुदायिक संस्था अन्तर्गतका ग्राहकसमेत) निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय कार्यान्वयनमा आइसकेको जानकारी दिइन् ।
विद्युत आधारभूत आवश्यकताको साथै उत्पादनको साधन हो भन्ने मान्यताका साथ महसुल पुनरावलोकन गरी सिँचाइमा प्रयोग हुने विद्युतमा ७५ प्रतिशतसम्म सहुलियत दिने गरी प्रति युनिट २ रुपैयाँसम्म महसुल कायम गरिएको समेत उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ
-
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म