चलचित्र निर्माता संघको अध्यक्षमा उठ्ने नवलको घोषणा
निर्माता, निर्देशक तथा कलाकार नवल खड्काले निर्माताहरूको छाता संस्था चलचित्र निर्माता संघको अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । संघको आसन्न महाधिवेशनमा आफू अध्यक्षमा उठ्न उनले सामाजिक संजालमार्फत घोषणा गरेका हुन् ।
आइतवार फेसबुकमा लामो एजेन्डासहित उनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । एजेन्डामा उनले विदेशमा नेपाली फिल्म रिलिजदेखि विदेशी फिल्म न्युनिकरणसम्मका विषय उठाएका छन् । निर्माता संघको भवन निर्माण गर्ने, विभिन्न राष्ट्रमा रहेका नेपाली दूतावास तथा नियोगहरूमा सांस्कृतिक सहचारी दूत नियुक्त, चलचित्र विकास बोर्ड ७ वटै प्रदेशमा खोल्न पैरवी गर्ने, सबै प्रदेशमा स्टुडियो तथा चलचित्र प्रज्ञा प्रतिष्ठान स्थापना पहल र नेपाली फिल्म रिलिजका लागि भरपर्दो ओटीटी प्लेटफर्मको खोजी लगायतका उनका एजेन्डमा परेका छन् ।
विभिन्न संघसंस्थाको नेतृत्व गरिसकेका खड्का नेपाल कलाकार संघका पुर्व अध्यक्ष हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चियासँग चुरोट पनि पिइरहनु भएको त छैन ?
-
उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनुपर्छ : अध्यक्ष अग्रवाल
-
राजनीति भनेको छापामार युद्धजस्तो होइन ः गुरुराज घिमिरे
-
निर्मला पन्तको घटना ह्युमन इन्टेलिजेन्स विधिबाट अनुसन्धान गर्दैछौँ : प्रहरी
-
पूर्वप्रस्थान तालिमका लागि आईरिस सिस्टम पूर्णरूपमा लागू
-
नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड