रेल्वे पीडितद्वारा विभागमा धर्ना
जनकपुरधामस्थित रेल्वे विभागको कार्यालयमा पीडितहरु धर्नामा बसेका छन् । आइतवार महोत्तरीको बर्दिबासबाट आएर जनकपुरधामस्थित कार्यालयमा उनीहरुले धर्ना दिएका हुन् । रेल्वेको लिक तथा भवन निर्माण अन्तर्गत परेको जग्गाको मुआब्जा पाउनुपर्ने उनीहरुको माग छ ।
उनीहरुले जिल्ला प्रशासन कार्यालयले कायम गरेको वर्गीकरणको आधारमा मुआब्जा नदिई रेल्वेका कर्मचारीले लापरवाही गर्दै कम मुआब्जा भुक्तानी दिइरहेको आरोप लगाए । पीडितहरुले आफ्नो मागको बारेमा नेपाल रेल्वे कम्पनीका महाप्रबन्धकसँग गुनासाहरू सुनाएपछि महाप्रबन्धक निरञ्जन झाले जग्गा मुआब्जाको जिम्मा कम्पनीमा नभई रेल्वे विभाग अन्तर्गत रहेकाले यसमा आफुले तपाईंहरुको समस्या बारे पहल गरिदिने प्रतिवद्धता व्यक्त गरे ।
उनले पीडितहरुले राखेको धारणालाई विभागमा पुर्याइदिने तर यसमा आफुले नै भने केही गर्न नसक्ने स्पष्ट पारे । भारतको जय नगरदेखि महोत्तरीको बर्दिबास सम्ममा रेल्वे सञ्चालनका लागि तीन चरणमा काम हुँदैछ ।
पहिलो चरण अन्तर्गत जय नगरदेखि जनकपुरधामको कुर्थासम्म निर्माण पुरा भई रेल्वे सेवा सञ्चालनमा छ भने दोस्रो चरणमा कुर्थादेखि महोत्तरीको बिजलपुरा र तेस्रो चरणमा बर्दिबाससम्म निर्माण गरि रेल्वे सेवा सञ्चालन गर्ने योजना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या