आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कला र संस्कृतिबिना देशको पहिचान हुन सक्दैन : भारतीय अभिनेता गोविन्दा

आइतबार, १२ भदौ २०७९, १६ : ०१
आइतबार, १२ भदौ २०७९

भारतीय अभिनेता गोविन्दाले कला र संस्कृतिबिना देशको पहिचान हुन नसक्ने बताएका छन् । आइतवार काठमाडौंमा आयोजित सुपर डान्सर नेपाल प्रतियोगिताको बारेमा जानकारी गराउन आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

अभिनेता गोविन्दाले दर्शकहरुले कलाकारलाई सधैँ साथ दिनुपर्ने बताए । उनले नेपालसँग आफ्नो प्रेम धर्मपत्नीको माध्यमबाट जुरेको बताए । उनले हरेक मानिसले आफूले गरेको कामलाई यादगार बनाउने हिसाबबाट अघि बढाउन आवश्यक रहेको पनि बताए ।  कला संसारको अभिन्न अंग भएको बताउँदै अभिनेता गोविन्दाले कला र संस्कृतिसँग जोडिएको व्यापारले देश समृद्ध बन्ने बताए । उनले कलाकारहरुले व्यापार, व्यवसायसँगै जोडिएर कमाइ गर्ने भएकोले कलाकारका धनदाता मातापिता उद्योगी,व्यपारीहरु भएको बताए । 

उनले भने, ‘दर्शकहरुले कलाकारलाई सधैँ साथ दिनुपर्छ । नेपाल संस्कृतिको माध्यमबाट संसारसँग जोडियोस् । नेपालसँगको प्रेम मलाई मेरी धर्मपत्नीको माध्यमबाट मिलेको हो । जो काम हामी गर्छौं त्यो काम मानिसले याद गर्ने किसिमको होस् । कला संसारको अभिन्न अंग हो । नयाँ विचारहरूले भरिएको हुन्छ । कला र संस्कृतिसँग जोडिएको व्यापारले देश समृद्ध हुन्छ । पैसा भएर पनि पहिचान हुँदैन । तर कला यस्तो चिज हो जसले दुवै दिन्छ ।’ 

भुषण दाहालले निर्देशन गर्ने सुपर डान्सर नेपाल शोको निर्णायकका रुपमा भाग लिन गोविन्दा नेपाल आएका हुन् ।  चारदेखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिष्पर्धा हुने यो रियालिटी शोको निर्णायकमा कलाकार भुवन केसी, जसिता गुरुङ र सुरेन्द्र राई रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप