मन्त्री श्रेष्ठ र राईद्वारा स्वयम्भू–इचंगुनारायण सडकको निरीक्षण
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले स्वयम्भू–इचंगुनारायण सडकको निरीक्षण गरेका छन् । आइतवार मन्त्रीद्वय राई र श्रेष्ठले उक्त क्षेत्रका सडकको निरीक्षण गरेका हुन् ।
यो सडकखण्डलाई तोकिएको समयमा नै सक्नुपर्ने स्थानीयहरुले माग गरेका छन् । निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले स्वयम्भू–इचंगुनारायण सडक तोकिएकै समयमा सम्पन्न गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले मन्त्रालयले काम छिटो होस् भन्नका लागि आवश्यक कदम चाल्न आनाकानी नगर्ने बताए । मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रका लागि पनि महत्वपूर्ण स्थान भएकोले यसलाई चाँडै काम सकेर पर्यटनको उत्थान गर्ने बताए । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बढी सक्रियताका साथ काम गरे समय अगावै निर्माण सम्पन्न हुने बताए ।
यातायातमन्त्री राईले चार नारायण थानलाई जोड्ने यो मार्ग महत्वपूर्ण भएको बताए । उनले निर्माणका लागि दिइएको समय ४ महिना सकिसकेको र अब १४ महिना मात्रै बाँकी रहेको भन्दै समयमै काम सकिने प्रतिवद्धता जनाए । उनले सडक निर्माणका लागि छुटेका कुरालाई पनि समावेश गरेर समयभन्दा अगावै काम सम्पन्न गर्न मन्त्रालय प्रतिवद्ध रहेको बताए ।
सडक निर्माण हुन नसक्दा इचंगुनारायणमा लाग्ने मेलामा पनि विभिन्न समस्या भएको स्थानीयहरुको गुनासो छ । उनीहरुले सडक निर्माणको काम समयमै नहुँदा तोकिएको समयमा नै काम सकिनेमा आशंका उब्जिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली