दुई सांसदको एउटै स्वर: 'चुनावअघि बोलेका कुरा पुरा गर्छौं'

तनहुँ - वम गठबन्धन तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा र प्रदेशसभा 'क'का द्धय साँसद केदार सिग्देल र आशा कोइरालाले आफुहरुले अभिभावकको भूमिका निर्वाह गर्दै सबै स्थानीयवासीलाई समान व्यवहारले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
विजयी भएपछि मतदाताको घरदैलोमा पुगेरआभार व्यक्त गर्न शुक्रवार शुक्लागण्डकी नगरपालिका वडा नं १ मा पुगेका साँसद द्धयले सो कुरा बताएका हुन् ।
उक्त वडाको सेरावेसशी, सुन्दरी गाउँ, बनकट्टा, ठाँटीटार र व्यास नगरपालिकाको शिशाघाट क्षेत्रमा आयोजित कार्यक्रममा बोल्दै साँसद द्धयले बामगठबन्धनको जितबाट अन्य दलका नभनि समान तरिकाले विकास निर्माण र सेवा सुविधा विस्तार गरिने बताए ।
उनीहरुले भने,
-चुनाव अघि आफुहरुले बोलेका कुराहरु हामीलाई स्मरण छ ।
-स्रोत साधानको कमी होला तर बजेटको कुनै कमी हुँदैन ।
-थप्रेकमा रहेको खानेपानीको चरम समस्यालाई न्यूनिकरण गर्न संम्भावित मुहानबाट लिफ्टीङ् गरिने, सडक मर्मत तथा संम्भार गर्ने योजना छ ।
सांसदद्धय शनिबार शुक्लागण्डकी नगरपालिका वडा नं ३ र ६ का साथै म्याग्दे गाउँपालिका अन्तर्गत मनपाङका स्थानीयसँग समेत भेटघाट गरी आभार प्रकट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु