ओलीको संयोजकत्वमा ४५१ सदस्यीय एमाले निर्वाचन परिचालन कमिटी गठन
नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आइतबार बसेको एमाले निर्वाचन परिचालन कमिटीको बैठकले उक्त निर्णय गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
त्यस्तै बैठकले ३४ सदस्यीय निर्वाचन परिचालन कमिटीको केन्द्रीय सचिवालय गठन गरिएको छ । जसको सचिवमा उपमहासचिव विष्णु रिमाल चयन भएका छन् । बैठकमा अध्यक्ष ओलीले देशव्यापी निर्वाचन परिचालन कमिटी गठन गरेर निर्वाचनमा होमिन र विजय हासिल गर्न निर्देशन दिएका छन् ।
अध्यक्ष ओलीले भने, ‘केन्द्रीय निर्वाचन परिचालन कमिटीका सचिवालयका सचिवको सम्पर्क र जानकारी रहनु म सबै कमरेडहरूलाई आग्रह गर्दछु । हिजो केन्द्रीय कमिटी बैठकले निर्वाचनका सम्बन्धमा जे निर्णयहरू गरेको छ । त्यसैलाई झन्डा बनाएर केन्द्रीय निर्वाचन परिचालन कमिटी अघि बढ्नेछ । एमालेको बहुमतको सरकार देशलाई आवश्यक छ । त्यस कारण आगामी सरकार एमालेको । यही नारा लिएर हामी अगाडि बढछौं । यस प्रयोजनका लागि निर्वाचनलाई सही ढंगले हाँक्न निर्वाचन परिचालन कमिटीले एउटा सचिवालय गठन गर्यो । त्यो सचिवालयको प्रस्तावलाई पनि म पारित गरिदिन आग्रह गर्दछु । त्यो केन्द्रीय परिचालन कमिटी र त्यसको सचिवको समेत सचिव उपमहासचिव विष्णु रिमाललाई तोक्न म आग्रह गर्न चाहन्छु । पार्टीलाई विजयी बनाउने संकल्प र दृढ आत्मविश्वासका साथ अघि बढ्न म सिङ्गो पार्टी पङ्क्तिलाई आह्वान गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि
-
मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू