‘बाबरी’ पछि फेरि एकसाथ देखिँदै अदिति र धीरज
अभिनेत्री अदिति बुढाथोकी र अभिनेता धीरज मगरको अभिनय रहेको ‘बाबरी’ १४ असोजबाट प्रदर्शनमा आउँदैछ । फिल्मको प्रदर्शन अगाडि नै निर्माता पुष्पलता बुढाथोकी (अदितीकी आमा) ले नयाँ फिल्म घोषणा गरेकी छन् ।
शनिबार बाबुको मुख हर्ने दिनको अवसर पारेर बुढाथोकीले उनले नयाँ फिल्म घोषणा गरेकी हुन् । जसको मुख्य भुमिकामा ‘बाबरी’ जोडी अदिति र धीरज नै देखिने बताइएको छ । हाल स्क्रिप्ट लेखनको काम भइरहेको र चाँडै टाइटल घोषणा गर्ने उनले बताइन् । उक्त अनटाइटल प्रोजेक्टको लागि निर्देशक फाइनल भएका छैनन् ।
आगामी फागुनदेखि फिल्मको छायांकन सुरु हुने निर्माता बुढाथोकीले जानकारी दिइन् । फिल्मको गीत र ट्रेलरमा दर्शकहरुले अदिति र धीरजको जोडीलाई सर्वाधिक रुचाइएकाले उनीहरुलाई नै पुनः दोहोर्याउने निर्णय गरेको बुढाथोकीको भनाई रहेको छ ।
‘बाबरी’ पुष्पलताको पहिलो निर्माण हो । सुरेन्द्र पौडेलले निर्देशनमा बनेको फिल्ममा पुरानी अभिनेत्री तृप्ति नाडकरका छोरा धीरजको पनि मुख्य भूमिका छ । फिल्ममा बादल भट्ट, कनकमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दिलिप गुरुङ लगायतको पनि अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्तरी वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी
-
बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित
-
सप्तकोसीको जलसतह खतरा तहभन्दा माथि, अन्य नदीको अवस्था के छ ?
-
अझै अवरुद्ध छन् यी मुख्य राजमार्ग (सूचीसहित)
-
अध्यक्ष प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित
-
बाढी पहिराेबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो, यस्तो छ क्षतिको अपडेट