आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

‘बाबरी’ पछि फेरि एकसाथ देखिँदै अदिति र धीरज

आइतबार, १२ भदौ २०७९, १२ : २६
आइतबार, १२ भदौ २०७९

अभिनेत्री अदिति बुढाथोकी र अभिनेता धीरज मगरको अभिनय रहेको ‘बाबरी’ १४ असोजबाट प्रदर्शनमा आउँदैछ । फिल्मको प्रदर्शन अगाडि नै निर्माता पुष्पलता बुढाथोकी (अदितीकी आमा) ले नयाँ फिल्म घोषणा गरेकी छन् ।

शनिबार बाबुको मुख हर्ने दिनको अवसर पारेर बुढाथोकीले उनले नयाँ फिल्म घोषणा गरेकी हुन् । जसको मुख्य भुमिकामा ‘बाबरी’ जोडी अदिति र धीरज नै देखिने बताइएको छ । हाल स्क्रिप्ट लेखनको काम भइरहेको र चाँडै टाइटल घोषणा गर्ने उनले बताइन् । उक्त अनटाइटल प्रोजेक्टको लागि निर्देशक फाइनल भएका छैनन् ।

आगामी फागुनदेखि फिल्मको छायांकन सुरु हुने निर्माता बुढाथोकीले जानकारी दिइन् । फिल्मको गीत र ट्रेलरमा दर्शकहरुले अदिति र धीरजको जोडीलाई सर्वाधिक रुचाइएकाले उनीहरुलाई नै पुनः दोहोर्याउने निर्णय गरेको बुढाथोकीको भनाई रहेको छ । 

‘बाबरी’ पुष्पलताको पहिलो निर्माण हो । सुरेन्द्र पौडेलले निर्देशनमा बनेको फिल्ममा पुरानी अभिनेत्री तृप्ति नाडकरका छोरा धीरजको पनि मुख्य भूमिका छ ।  फिल्ममा बादल भट्ट, कनकमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दिलिप गुरुङ लगायतको पनि अभिनय देख्न सकिन्छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप