शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

शिवम् सिमेन्ट्सको विशेष साधारण सभा सम्पन्न

आइतबार, १२ भदौ २०७९, १२ : १४
आइतबार, १२ भदौ २०७९

शिवम् सिमेन्टले विशेष साधारण सभा सम्पन्न गरेको छ । भदौ १० गतेका लागि बोलाइएको विशेष साधारण सभा अनामनगरस्थित कम्पनीको सभाहलमा सम्पन्न गरिएको हो । कम्पनीका संचालक अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा बसेको संचालक समितिको निर्णय बमोजिम सभा समक्ष प्रस्तुत गरिएका सबै विशेष प्रस्ताव साधारणसभाले पारित गरेको छ । 

विशेष साधारण सभाबाट कम्पनीको प्रबन्ध पत्रको दफा ६ को खण्ड (ख) र (ग) तथा नियमावलीको नियम नं. २३, नियम नं. २५ को (५) नियम नं. २७ को (२), नियम नं. २९ र नियम नं. ३१ संशोधन गर्ने सम्बन्धि सबै विशेष प्रस्तावहरु सर्व सम्मत रुपमा पारित भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  संशोधन पश्चात कम्पनीको संचालक समितिको संख्या ७ सात जनाबाट ६ छ जनाको कायम हुनुका साथै कम्पनी ऐन २०६३ को दफा ७३ बमोजिम ५१ प्रतिशत वा सो भन्दा बढि शेयरधनीहरुको उपस्थितिमा साधारण सभा संचालन गर्न सकिने गरी नियमावलीमा व्यवस्था गरिएको छ ।

शिवम् सिमेन्टले उत्पादन समय देखिनै आफ्नै चुनढुङ्गा खानीबाट ओ.पि.सि मात्र उत्पादन तथा विक्रि वितरण गर्दै आइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप