लागु औषधसहित भोटेबहालबाट युवक पक्राउ
आइतबार, १२ भदौ २०७९, १२ : ०३
काठमाडौं महानगरपालिका–२१ भोटेबहालबाट अवैध लागूऔषध सहित प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका–११ घर भएका ३३ वर्षीय अनिल श्रेष्ठ छन् ।
प्रहरी वृत मालीगाउँबाट खटिएको टोलीले आरोपीको साथबाट चरेस १ सय ७० ग्राम, पोल्याण्ड १ सय ३० ग्राम र ब्राउनसुगर ३ ग्राम, १ थान बरामद गरेको छ । भोटेबहालमा बस्दै आएका श्रेष्ठको साथबाट छुरी र लागुऔषध जोख्न प्रयोग गरिने डिजीटल तराजु पनि जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । शनिबार पक्राउ गरेर प्रहरीले श्रेष्ठमाथि अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय असहयोगसँग ‘जुध्न’ भैरहवा विमानस्थलमा आधुनिक प्रणाली विकास हुँदै
-
सर्वनाममा शुक्रबारबाट ‘पत्थरको कथा’
-
फेरि अनिश्चित बन्यो सुनिता र बुच पृथ्वीमा फर्किने मिति
-
आगलागीमा परी १० लाख बढीको क्षति
-
महिला यु–१९ एसिया कप : वर्षाले खेल अवरुद्ध
-
गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’