शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बलात्कार गरेको आरोपमा दाङबाट युवक पक्राउ

आइतबार, १२ भदौ २०७९, ११ : ५८
आइतबार, १२ भदौ २०७९

बलात्कार गरेको आरोपमा दाङबाट प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबई गाउँपालिका–५ हुरुम घर भएका २१ वर्षीय एक्कबहादुर अधिकारी छन् । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा शनिबार दिउँसो उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आरोपीले ती किशोरीलाई ललाई फकाई जबर्जस्ती करणी गरेको सुराकी पाएपछि इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप