शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

चीनसँग जारी दबाबका बीच अमेरिकाका दुई युद्धपोत ताइवान नजिकैबाट गुज्रिए

आइतबार, १२ भदौ २०७९, ११ : ५२
आइतबार, १२ भदौ २०७९

अमेरिकी नौसेनाले आफ्ना दुई युद्धपोत ताइवान नजिकैबाट गुज्रिरहेको बताएको छ ।​ न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि अमेरिकाले यस्तो कारबाही सुरु गरेको यो पहिलो पटक हो । अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले अगस्टको सुरुमा ताइवानको भ्रमण गरिन् जसमा चीनले कडा आपत्ति जनाएको थियो ।

यद्यपि, ताइवानसँग पश्चिमी देशहरूको नौसेनाको युद्ध अभ्यास कुनै नयाँ कुरा होइन । विगतमा धेरै देशहरूले यस क्षेत्रमा यस्तो अपरेशन गरेका छन् । यसप्रति चीनले कडा प्रतिक्रिया दिँदै यो उत्तेजक कार्य भएको बताएको छ । साथै, ताइवान चीनको अभिन्न अंग भएको पनि यसमा बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप