लिबियामा पुनः हिंसा भड्कियो, पछिल्लो झडपमा बाह्र जनाको मृत्यु

लिबियाको राजधानी त्रिपोलीमा पुनः हिंसा भड्किएको छ । सो हिंसामा परेर यहाँका कम्तीमा पनि १२ जनाको ज्यान गएको छ भने अरु ८७ जना घाइते भएका छन् । स्वास्थ्य मन्त्रालयले त्रिपोलीमा शनिबार विद्रोहीहरुले आक्रमण गरेका बताइएको छ ।
सो हिंसामा परेर यहाँका अस्पतालमा पनि क्षति पुगेको छ । त्यस्तै कतिपय मेडिकल सेन्टरमा पनि आगजनी भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । यहाँका सरकारी फौजमाथि लिबियाका विद्रोहीहरुले हमला गरेका बताइएको छ । यसबाट राजधानी त्रिपोलीको मध्य क्षेत्रका कतिपय सरकारी भवनहरुका पनि क्षति पुगेको बताइएको छ ।
शनिबार भएको यहाँका विद्रोहीहरुको आक्रमणबाट मारिनेमा सर्वसाधारण नागरिक पनि परेका बताइएको छ । सो आक्रमणको संयुक्त राष्ट्र सङ्घीय मिसनले विरोध गरेको छ । लिबियामा रहेको संयुक्त राष्ट्र सङ्घीय मिसनले यहाँका विद्रोहीहरुको आक्रमणबाट भएको क्षतिको विरोध गर्दै शान्ति प्रक्रियाबाट नै सबै समस्याको समाधानका लागि आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्नेछ : प्रचण्ड
-
आमसञ्चार परिषद् विधेयक प्रतिनिधि सभाबाट सर्वसहमतिले स्वीकृत
-
ऐन संशोधनका लागि गणतान्त्रिक मञ्चद्वारा संसदीय समितिका सभापतिको ध्यानाकर्षण
-
विकृति र विसंगति अन्त्यका लागि आध्यात्मिक जागरण आवश्यक : मुख्यमन्त्री आचार्य
-
मन्त्री र कर्मचारी भ्रमण स्वीकृतिमा केन्द्रित मन्त्रिपरिषद् बैठक
-
भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्ष नेपालमा