राजेश हमालले किन भेटे सद्गुरु ?
आइतबार, १२ भदौ २०७९, ११ : ३९

अभिनेता राजेश हमालले भारतीय प्रख्यात योगगुरु सद्‌गुरुसँग भेट गरेका छन् । उनले सद्‌गुरुसँग हालै बेंगलोरमा भेट गरेका हुन् ।
भेटमा हमालले सद्‌गुरुसँग अन्तर्वार्ता समेत लिएको फिल्म निर्देशक तथा कलाकार दिनेश डिसीले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् । राजेशले के बिषयमा कुराकानी गरेर भनेर अहिले सार्वजनिक गरिएको छैन ।
सद्‌गुरु १९ भदौमा नेपाल समेत आउन लागेका छन् । कैलाश दर्शनका लागि उनी नेपाल आउन लागेका हुन् । अघिल्लो बर्ष पनि लाप्चाबाट कैलाश दर्शन गरेका सद्‌गुरुले यो पटक एक हजार चार सय धार्मिक पर्यटकसहित नेपाल आउन लागेका हुन् ।
चीनको स्वशासित क्षेत्रमा रहेका कैलाश जानका लागि समस्या परे पछि सद्‌गुरुले हुम्लाको लाप्चाबाट कैलाश मानसरोवरको दर्शन गर्नेछन् । लाप्चा कैलाश दर्शन गर्नका लागि चर्चित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा युवतीमाथि गोली प्रहार
-
पशुपतिनाथको मन्दिर कहिले बनेको थियो ?
-
बद्रीनारायण धाममा हुन लागेको प्राण प्रतिष्ठाको प्रचारको लागि सितापालादेखि वाकाथन (तस्बिरहरू)
-
तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ
-
मुलपानीमा वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल प्रभावित (तस्बिरहरू)
-
रामकुमारी झाँक्रीद्वारा शिक्षक आन्दोलनको कडा आलोचना, भनिन्–ऐन सडकबाट पास हुने हो ?