बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

बाँकेमा बसको ठक्करबाट एक बालक गम्भीर घाइते

आइतबार, १२ भदौ २०७९, ११ : २७
आइतबार, १२ भदौ २०७९

बाँकेको कोहलपुर नगरपालिका–२ कौशिलानगरमा हिजो बेलुकी माइक्रो बसको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् । 

नेपालगञ्जबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ख ६५० नम्बरको माइक्रो बसले पैदल हिँडिरहेका सोही ठाउँका ६ वर्षीय नविन परियारलाई हिजो बेलुकी ८ बजे ठक्कर दिएको थियो ।  घाइते बालकको उपचार कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । 

माइक्रो बस सहित चालकलाई इलाका प्रहरी कार्यालय चिसापानीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप