शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एक सय ५२ घरधुरीलाई पुनःस्थापनाका लागि सिफारिस

आइतबार, १२ भदौ २०७९, १० : ०३
आइतबार, १२ भदौ २०७९

जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले जिल्लाका एक सय ५२ घर परिवारलाई पुनःस्थापनाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समक्ष सिफारिस गरेको छ । बाढी र पहिरोबाट विस्थापितलाई पुनःस्थापनाका लागि समितिले सो सिफारिस गरेको हो ।

सिरिजङ्गा गाउँपालिकामा एक सय १७ र  सिदिङ्वा गाउँपालिकामा ३५ घरधुरी परिवारलाई  पुनःस्थापनाका लागि प्राधिकरण समक्ष सिफारिस गरिएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए । सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकाका विभिन्न गाउँमा गत असार २४ गते गएको बाढी र पहिरोबाट ती घरपरिवार विस्थापित भएका थिए ।  

 गत साउन १८ गते सिरिजङ्गा र सिदिङ्वाले असार २४ गते बाढी र पहिरोबाट उक्त सङ्ख्याका घरधुरी विस्थापित भएको जनाउँदै पुनःस्थापनाका लागि जिल्ला विपद् व्यवस्थापन समितिसमक्ष पत्र पठाएका थिए ।  

बाढी पहिराबाट विस्थापित केही परिवार अहिले आफ्ना आफन्तको घरमा बसेको र केही परिवारले भने टहरा बनाएर बस्दै आएका जनाएको छ ।  सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष चित्र माबोले भने,“ बाढी पहिरोबाट विस्थापितलाई पुन स्थापना गर्न संघीय तथा प्रादेश सरकारले ध्यान दिनुपर्छ । ”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप