भिजिट भिसामा खाडी मुलुक जान लागेका १९७ जनालाई विमानस्थलबाट फर्काइयो
आइतबार, १२ भदौ २०७९, ०७ : ५३

भिजिट भिसामा खाडी मुलुक जान लागेका १९७ जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले १९७ जना नेपालीको कागजात शंकास्पद देखिएको भन्दै रोकेको विमानस्थल सुरक्षा कार्यालयका डीआईजी श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए ।
कार्यालयले गत बुधबार देखि अहिलेसम्म खाडी मुलुक जान खोज्ने नेपालीहरूलाई रोकेको कार्यालयले जानकारी दिएको छ। रोकिनेमा १०३ महिला र ९४ पुरुष गरी जम्मा १९७ जना यात्रुहरू छन्। महिलाहरुलाई माइती नेपालको संरक्षणमा राखिएको छ ।
उनीहरूको कागजात शंकास्पद देखिएकाले थप अनुसन्धानका लागि भन्दै प्रहरीले रोकेको हो। उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलमा बुझाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविमा उपप्राध्यापक परीक्षाको रोचक नतिजा : २५ जना माग गरेकोमा ३ जना पास
-
तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार रजकको परिवारसँग लिङ्देनको भेट
-
‘अब मेरा पिताजी फर्केर आउनुहुन्न, त्यो हतियार अर्कोलाई नउठोस्’
-
अधिकार त्यसै प्राप्त भएको होइन संरक्षणमा गम्भीर बनौँ : उपप्रधानमन्त्री सिंह
-
एमाले कमजोर भइरहेको अध्यक्ष ओलीद्वारा झापाबाटै स्वीकार
-
स्वदेशमै रोजगारी सिर्जना गर्न सरकार प्रयासरत छ : मन्त्री शाही