सामाजिक स्वास्थ्य क्लिनिकको २३ औं संस्करण सम्पन्न

परिवर्तनका लागि सामाजिक अभियानले निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको २३ औं संस्करण सम्पन्न गरेको छ । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा परिक्षण गरिएको उक्त निःशुल्क क्लिनिकमा मुटु, मधुमेह र रक्तचाप सम्बन्धि परीक्षण गरिएको थियो ।
७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरूका लागि आयोजना गरेको उक्त शिविरमा ६५ जना बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए । “बुवाको मुख हेर्ने पवित्र दिनमा, ६५ जना बुवा आमाहरुको स्वास्थ्य परीक्षण गरि उहाँहरुको मुहारमा खुसी ल्याउन सक्यौ, हामी पनि भाग्यमानी रहेछौँ” बरालले भने ।
परिवर्तनका लागि सामाजिक अभियानले विगत ११ महिनादेखि यो कार्यक्रम आयोजना गर्दै आईरहेको छ । धरानका विभिन्न वडाहरूमा विभिन्न संस्थाहरूसँग सहकार्य गर्दै कार्यक्रम आयोजना गर्ने गरेको अभियानले यस पटक धरान–८ स्थित बुद्ध बिहारमा कार्यक्रम आयोजना गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासन लिन २०० माइल यात्रा गर्नुपर्ने अमेरिकाकै दुर्गम ठाउँमा किन बस्छिन् यी महिला ?
-
जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण
-
२०८२ सालमा कुन-कुन राशिलाई शनिको अढैया तथा साढेसाति दशा छ ? हेर्नुहोस्
-
पञ्जाबका लागि नायक बनेका चहलले बनाए नयाँ रेकर्ड
-
कूटनीतिक प्रतिनिधिलाई इलामको पर्यटकीय अनुभव
-
कोशी प्रदेश लगानी सम्मेलन : ५४ वटा परियोजना सोकेसिङ, १ खर्बको एमओयु गर्ने तयारी