तालिवानले लगाए अफगान केटीहरूलाई विदेश पढ्न जान प्रतिबन्ध
तालिवानले अफगान छात्रालाई उच्च अध्ययनका लागि विदेश जान प्रतिबन्ध लगाएको छ । तालिबानले काबुलका छात्राहरूलाई कजाकिस्तान र कतारजस्ता मुस्लिम बहुल देशमा जानसमेत प्रतिबन्ध लगाएको हो । पुरुष विद्यार्थीले अब उच्च शिक्षाको लागि देश छाड्न पाउनेछन् । सन् २०२१ अगस्टमा सत्तामा आएदेखि नै तालिबानले शिक्षा प्रणालीलाई बदल्न थालेको थियो ।
पहिले उनीहरुले तालिबान सरकारले केटीहरूको लागि उच्च विद्यालय र कलेजहरू बन्द गर्यो । महिला आन्दोलनपछि कक्षा ६ सम्म विद्यालय खुलेका थिए । हालै अफगानिस्तानका गृहमन्त्री र तालिवानका सह–उपनेता सिराजुद्दीन हक्कानीले उच्च विद्यालय खोल्ने वाचा गरेका थिए । तर अहिले उच्च शिक्षा सम्बन्धी नयाँ अध्यादेश जारी भएको छ ।
तालिवानको अघिल्लो शासन सन् १९९६ देखि सन् २००१ बीच रहेको थियो । दोस्रो शासनमा आएपछि तालिवानले अन्तर्राष्ट्रिय समुदायसँग विगतमा जस्तो महिला अधिकारसँग नखेल्ने वाचा गरेका थिए । उनीहरुले इस्लामको दायराभित्र रहेर महिला शिक्षा र रोजगारीको अवसर सृजना गर्ने बताएका थिए । तर हरेक दिन तालिवानले महिला अधिकारलाई सीमित गरिरहेका छन् ।
तालिबानले के केमा महिला अधिकार कुण्ठित बनाए ?
–मार्चमा, तालिबानले महिलाको एकल हवाई यात्रामा प्रतिबन्ध लगायो । तालिबानले लागू गरेको यो आदेशमा महिलालाई पुरुष (अभिभावक वा पति)सँग मात्र हवाई यात्रा गर्न दिइने बताइएको छ ।
–त्यसअघि नै उसले महिलाहरूलाई एक्लै यात्रा गर्न प्रतिबन्ध लगाउने आदेश जारी गरेको थियो । तालिबानले जारी गरेको विज्ञप्तिमा पुरुष आफन्तबिना लामो दुरीको यात्रा गर्ने महिलालाई आफ्ना गाडीमा नचढाउन सवारी धनीलाई समेत भनिएको छ ।
–तालिबानले पुरुष र महिलाहरूलाई एउटै दिन मनोरञ्जन पार्कमा जान प्रतिबन्ध लगाएको छ ।
–तालिबानले महिलाहरूले सार्वजनिक स्थानमा आफ्नो अनुहार छोप्नुपर्ने र सार्वजनिक स्थानहरूमा बुर्का लगाउनुपर्ने अनिवार्य गरेको छ । यहाँसम्मकी उनीहरुले टेलिभिजनमा समाचार वाचन गर्ने महिलालाई समेत अनुहार छोप्न आदेश दिएका छन् ।
–अफगानिस्तानको सबैभन्दा दुर्गम सहर हेरातका तालिबान अधिकारीले सबै ड्राइभिङ संस्थानलाई महिलाहरूलाई लाइसेन्स दिन रोक्न आदेश जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा