शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

२० युनिटसम्म खपत गर्ने नगरवासीको विद्युत् महसुल नगरपालिकाले तिरिदिने

शनिबार, ११ भदौ २०७९, २० : ०९
शनिबार, ११ भदौ २०७९

तेह्रथुमको म्याङ्लुङ नगरपालिकाले नगर क्षेत्रभित्र २० युनिटसम्म खपत गर्ने नगरवासीको विद्युत् महसुल तिरिदिन थालेको छ । विद्युत् प्राधिकरणले समयमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्ने गरेको थियो । 

नगरपालिकाको न्युनतम २० युनिटसम्मको महसुल तिरिदिने भएपछि विद्युत् प्राधिकरणलाई समेत फाइदा पुगेको छ । नगरपालिकामा चार हजार छ सय घरधुरीले विद्युत् सेवा लिँदै आएका छन् । यी ग्राहकको न्यूनतम २० युनिटसम्मको विद्युत् महसुल रु एक लाख ३५ हजार नगरपालिकाले प्राधिकरणलाई बुझाउने छ । 

नगर कार्यपालिकाको बैठकले साउन १ गतेदेखि नगर क्षेत्रभित्रका उपभोक्ताको २० युनिटसम्मको विद्युत् महसुल तिरिदिने निर्णय गरेको थियो । सो निर्णयपछि दुर्गम र प्रत्येक महिना महसुल बुझाउन नसक्ने उपभोक्तालाई ठूलो राहत पुगेको नगर प्रमुख सञ्जय तुम्बाहाम्फेले बताए ।

नगरपालिकाले नगरभित्रका नागरिकको सेवाका लागि न्यूनतम २० युनिट बराबरको महसुल रु ३० तिरिदिने थालेको भए पनि त्योभन्दा माथि विद्युत् युनिट खपत गर्ने ग्राहकले भने बाँकी रकम आफैँ बुझाउनुपर्ने उहाँले बताए । मासिक २० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताको महसुल नगरपालिकाले एकमुष्ट प्राधिकरणलाई भुक्तानी गर्ने विषयमा सम्झौता भइसकेको छ । 

सो सम्झौतापछि उपभोक्तालाई घण्टौँ टाढाबाट हिँडेर महसुल बुझाउन आउनुपर्ने बाध्यताको समेत अन्त्य भएको छ । म्याङ्लुङ बजार र आसपासका मुख्य चोकमा १२ वटा बत्ती बालिएका छन् । प्राधिकरणले सडक बत्तीको मात्रै मासिक रु ८० हजार महसुल उठ्ने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप