मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सिट बाँडफाँट सर्वस्वीकार्य ढंगले हुन्छः शक्ति बस्नेत

शनिबार, ११ भदौ २०७९, १९ : १४
शनिबार, ११ भदौ २०७९

नेकपा (माओवादी केन्द्र) का नेता शक्तिबहादुर बस्नेतले सबैलाई स्वीकार्य हुने ढंगबाट सिट बाँडफाँट हुने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता बस्नेतले अहिले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि सिट बाँडफाँटको बारेमा छलफल चलिरहेको भन्दै सबै गठबन्धनका पार्टीहरूलाई स्वीकार्य हुने गरेर सिट बाँडफाँट हुने बताएका हुन् । 

उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने कुरामा पनि समस्या रहेको तर पछि निष्कर्षमा सहमति भएकोले निस्कर्ष निकाल्ने कुरामा बाँडफाँटको कुरा अड्किएको बताए । उनले भने, ‘गठबन्धन सिटको बाँडफाँट सबैलाई स्वीकार्य हुने गरेर मिल्छ । स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने कुरामा पनि समस्या थिए,तर छलफलपछि यसको निस्कर्ष निस्किन्छ । आधा समस्या सकिसकेको छ, यो त्यति ठूलो समस्या होइन । जिल्लाका घोषणापत्रहरु पूरा गरेका छौँ ।’

नेता बस्नेतले गत ५ वर्षमा विकास नै नभएको भन्ने कुरा गलत रहेको तर सोचेअनुरुपको विकास नभएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप