सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एप्पलले भारतमा पनि बनाउदैछ नयाँ आईफोन १४

शनिबार, ११ भदौ २०७९, १८ : ५०
शनिबार, ११ भदौ २०७९

एप्पल इन्कले आईफोन १४ चीनमा सार्वजनिक भएको दुई महिनापछि नै भारतमा पनि निर्माण सुरु गर्ने योजना बनाएको छ ।  लामो समयदेखि चीनमा आफ्ना फोनहरू बनाइरहेको एप्पलले पछिल्लो समय अमेरिका र चीनबीच भूराजनीतिक टकराब बढेपछि विकल्प खोज्न थालेको छ । 

यस अन्तरगत भारतलाई चीनको विकल्पको रूपमा हेरिएको छ । यही वर्ष भारत र चीनबाट एकै पटक फोन सार्वजनिक गर्ने योजना भए पनि त्यो सफल नभएको स्रोतलाई उद्धृत गर्दै ब्लुमवर्गले लेखेको छ । 

आईफोनको यस पटकको संस्करण चीन र भारतबाट एक्कै पटक सार्वजनिक गर्न नसके पनि छोटो समयपछि भारतमा फोन एसेम्बल सुरु गर्ने तयारी सुरु भएको ब्लुमवर्गले लेखेको छ । 

आईफोन सेटका प्राथमिक निर्माता फोक्सकोन टेक्नोलोजी ग्रुपले पछिल्लो समय चीनमा बनेका आईफोनका पार्टपुर्जा दक्षिण भारतीय सहर चेन्नाईसम्म पुर्‍याउने प्रक्रिया अध्ययन गरिरहेको स्रोतले बतायो । 

एप्पलले सन् २०१७ देखि नै आईफोन सम्बन्धी विभिन्न पार्टपुर्जाहरू चेन्नईस्थित उद्योगबाट उत्पादन गर्न थालेको हो । 

एप्पल र फक्सकनले भारत र चीनबाट आइफोन एक्कै पटक उत्पादन गर्ने योजन यो वर्ष सम्भव नभए पनि त्यसलाई उनीहरुले दीर्घकालीन उद्देश्य अन्तरगत राखेको बताइएको छ । 

ब्लुमवर्गबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप