सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

दोर्दी गाउँपालिका अध्यक्ष अधिकारी र पाकिस्तानी राजदूतबीच भेटवार्ता

शनिबार, ११ भदौ २०७९, १७ : १७
शनिबार, ११ भदौ २०७९

लमजुङ दोर्दी गाउँपालिका अध्यक्ष एवं नेकपा एमाले दोर्दी गाउँ कमिटीका अध्यक्ष युवराज अधिकारी र पाकिस्तानी राजदूत मिस्टर हाईदर शाह बीच भेटवार्ता भएको छ । गाउँपालिका अध्यक्ष अधिकारी केही दिनअघि पाकिस्तानी राजदूतावास भवनमै पुगेर उनीसँग भेट गरेका हुन् ।

गाउँपालिका अध्यक्ष अधिकारीका अनुसार भेटमा आपसी सहयोगको विषयमा र नेपालको समसामयिक विषयमा छलफल भएको छ । सो भेटका क्रममा पालिका अध्यक्ष अधिकारीले दोर्दी गाउँपालिका र जिल्लाको गतिविधि जानकारी गराउनुका साथै विकासका लागि सहयोग गर्न आग्रह समेत गरेका छन् । त्यस्तै राजदूत हाईदरशाहले साथ सहयोग आगामी दिनमा पनि जारी रहने बताए । 

पालिका अध्यक्ष अधिकारी र पाकिस्तानी राजदूतबीच एक आपसमा सम्पर्क बढाई भोलिका दिनमा सम्बन्धलाई राम्रो बनाउँदै लैजाने सहमति समेत भएको छ । उक्त भेटका क्रममा पाकिस्तानी राजदूतले दोर्दी गाउँपालिकाको प्रयोजनका लागि ५ थान कम्प्युटर उपलब्ध गराएका छन् । राजदूत हाईदरशाहले पालिका अध्यक्ष अधिकारीले हस्तान्तरण गरेका थिए ।

राजदूतलाई पालिका अध्यक्ष अधिकारीले कम्प्युटर सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप