सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

१७३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

शनिबार, ११ भदौ २०७९, १६ : ४०
शनिबार, ११ भदौ २०७९

नेपालमा थप १७३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ८३९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६५ तथा एन्टीजेन विधिबाट १०८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ९६ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ६१२ पुगेको छ । यही अवधिमा थप ४७ हजार १५२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप