बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अस्ट्रेलियन मन्त्रीको आतिथ्यमा मेलबर्नमा तीज कार्यक्रम

शनिबार, ११ भदौ २०७९, १५ : ३४
शनिबार, ११ भदौ २०७९

  विगत ६ वर्षदेखि मेलबर्नको तीज कार्यक्रमबाट सङ्कलित रकम नेपालको मध्य-पश्चिम क्षेत्रका यौन/घरेलु हिंसामा परेका महिलाहरूको सहयोगार्थ पठाउने गरी कार्यक्रम गर्दै आएको दिदी-बहिनी समाज भिक्टोरियाले करिब ७०० को उपस्थितिमा शिक्षा तथा महिला मन्त्री नातालिय हटचिन्सको प्रमुख आतिथ्यमा  तीज कार्यक्रम सम्पन्न गरेको छ ।

दिदी-बहिनी समाज भिक्टोरियाले अहिलेसम्म १६,००० डलर पठाइ ११० जनालाई सहयोग गरिसकेको छ । दिदी-बहिनी समाज भिक्टोरियाले प्रदान गर्ने आर्थिक सहयोग छोटो समयको बसाइ, आवश्यक औषधोपचार, कानुनी सुझाव, काउन्सिलिङ, पारिवारिक र सामाजिक मध्यस्थता प्रक्रिया र तालिमको लागि प्रयोग गरिन्छ । यो सहयोगका कारण महिलाहरूको बिग्रँदो स्वास्थ्य र जीवनलाई उनीहरूको आत्मविश्वास र क्षमता अभिवृद्धि मार्फत सामान्यीकरण गर्न सहयोग पुर्‍याएको छ र यसको लागि त्यस क्षेत्रमा क्रियाशील "आवाज" संस्थासँग सहकार्य गर्दै आइरहेको छ ।

सांसद कौशल्या भागेला, मोरल्यान्ड सिटी काउन्सिलका मेयर मार्क रिले, एनआरएन भिक्टोरियाका संयोजक हरि खड्काद्वारा समेत मन्तव्य व्यक्त गरिएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष डा जमुना पराजुलीद्वारा स्वागत मन्तव्य व्यक्त गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप