बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

लोभलाग्दो मार्ग पोखरी, तर पुग्नै छाडे पर्यटक

शनिबार, ११ भदौ २०७९, १५ : ००
शनिबार, ११ भदौ २०७९

कुनै बेला जिल्लामा निक्कै कहलिएको पर्यटकीय गन्तव्य हो, मार्गपोखरी । तेह्रथुमको छथर गाउँपालिका–१ आङदिमका यो पोखरी रहेको छ । धार्मिक तथा पर्यटकीय रुपमा परिचित पोखरीमा केही वर्षअघिसम्म पर्यटकको आकर्षण थियो तर अहिले सुनसान छ । 

हरिया डाँडाकाँडाले घेरिएको पहाडको टुप्पोमा रहेको पोखरी सफा,  सुन्दर र लोभलाग्दो छ । सिधुवा–शुक्रबारे सडक खण्डको डङडङे भन्ने स्थानबाट करिब आधा घण्टा पैदल हिँडेपछि पुग्न सकिने यो पोखरी प्रचार(प्रसार अभावमा ओझेलमा परेको छ । पोखरीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न  प्रदेश १ को उद्योग वन तथा पर्यटन वातावरण मन्त्रालयको १० लाख बजेटबाट पदमार्ग निर्माण समेत भएको छ ।

यस पोखरीमा भाकल गरे मनोकांक्षा पुरा हुने जनविश्वास छ । अहिले पोखरीमा पानी घट्दै गएको स्थानीय निङ्मा शेर्पाले बताए । ‘पैले पैले पोखरीमा भाकल गरे चित्ताएको पुरा हुन्छ भनेर आउँथे । धामीहरू गुफा बस्थे तर, खै किन हो अहिले आउँदैनन्’ उनले भने ।

वारिपारि लोभलाग्दो हिमशृङखलामा रम्ने सकिने यो पोखरीमा पर्यटक खासै पुगेको पाइँदैन । त्यसो त भौतिक पूर्वाधार निर्माण नभएका पनि हैनन् । यहाँ आउने पर्यटकको लागि शौचालय, खानेपानीको धारा, विश्रामस्थल, पदमार्ग लगायतका संरचना पनि छन् ।

पोखरी संरक्षणका लागि प्रयास भएपनि पर्यटकको नजर पुगेको छैन । पहाडको दृश्य अवलोकन गर्दै पोखरीसम्म पुग्दा रमाइलो भएपनि पदमार्ग छेक्ने झाडी हटाउन आवश्यक रहेको पर्यटक कुमार लिम्बूले बताए । 

पोखरीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्रदेश तथा स्थानीय सरकारले काम गर्दै आएको छ थर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताए । प्रचारप्रसार अभाव तथा सरोकारवाला निकायहरुले चासो नदिँदा पर्यटकीय रुपमा प्रचुर सम्भावना बोकेको पोखरी आफैंमा ओझेल पर्दै गएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप