निर्वाचनपछि बन्ने सरकारको नेतृत्व पनि कांग्रेसले नै गर्छ : पोख्रेल
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्राडा गोविन्दराज पोखरेलले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि बन्ने सरकारको नेतृत्व पनि कांग्रेसले गर्ने दावी गरेका छन् । प्रतिगमनबाट मुलुक जोगाउन बनेको पाँच दलीय गठबन्धन आगामी निर्वाचनपछिको सरकारसम्मै जाने बताउँदै डा. पोखरेलले उक्त सरकारको नेतृत्व काङ्ग्रेसले नै गर्ने प्रष्टाए ।
ओली नेतृत्वको एकल बहुमतको कम्युनिष्ट सरकार पूर्णतः असफल भएकोले देशको नेतृत्व कांग्रेसले गर्ने उनको भनाइ थियो । प्रेस युनियन अर्घाखाँचीले शनिबार सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै डा‍.पोखरेलले यस्तो बताएका हुन् ।
कार्यक्रममा पोखरेलले गठबन्धनभित्रको सिट बाँडफाँट १६ भदौसम्म टुंगो लाग्ने पनि बताए । नेता पोखरेलले प्युठानमा गठबन्धनबाट आफू साझा उम्मेदवार बन्ने सम्भावनामाथि पनि सङ्केत गरे । डा. पोख्रेल जनताको साथमा काङ्ग्रेसअन्तर्गत अर्घाखाँचीको कार्यक्रम उद्घाटन गर्न सन्धिखर्कमा आएको काङ्ग्रेस अर्घाखाँचीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुशासन स्थापनामा सूचनाको महत्त्वपूर्ण भूमिका रहन्छ : मन्त्री लामिछाने
-
टोखामा आगलागी
-
कर्णाली, गण्डकी र कोशी नदी सभ्यतामा आधारित सांस्कृतिक पर्यटन विकास गर्न संयन्त्र निर्माण गरिने
-
न्यून लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो : विपिन शर्मा
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश