एसिया कप आजबाट सुरु : श्रीलंका र अफगानिस्तान भिड्दै
एसिया कप २०२२ शनिबारबाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा श्रीलंका र अफगानिस्तानको टोली आमनेसामने हुनेछन् ।
श्रीलंकाको कप्तानी दासुन शनाकाले गर्नेछन् भने अफगानिस्तानको कप्तानी मोहम्मद नाबीले गर्नेछन् । श्रीलंका र अफगानिस्तानबीच हालसम्मको एक मात्र टी२० खेल २०१६ को टी२० विश्वकपमा खेलिएको थियो जहाँ श्रीलंकाले जितेको थियो।
तर, वर्षौंदेखि अफगानिस्तानको टोलीले आफूलाई सुधार्न कडा मेहनत गरेको छ र उनीहरूसँग क्रिकेटको छोटो ढाँचामा ठूलो फरक पार्ने क्षमता छ। यो खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
यस प्रतियोगितामा १५ दिनभित्र १३ खेल हुनेछन् । पहिलो दुई समुहमा रहेका टोलीले दुई/दुई खेल खेल्नेछन् र पुछारमा रहेको टोली बाहिरिनेछ । यसपछि सुपर फोरका खेलहरू सुरु हुनेछन् र यहाँका दुई उत्कृष्ट प्रदर्शन गर्ने टोलीले फाइनलमा स्थान बनाउनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान