शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रिमियर लिगमा आज सात खेल

शनिबार, ११ भदौ २०७९, १३ : ३२
शनिबार, ११ भदौ २०७९

प्रिमियर लिग फुटबल अन्तर्गत आज (शनिबार) विभिन्न ७ खेलहरु हुँदैछन् । आज हुने पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले साउथह्याप्टनसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ५ः १५ मा सुरु हुनेछ । आज नै हुने अर्काे खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई आतिथ्यता प्रदान गर्नेछ ।

दुई टोलीबीचको खेल ७ः ४५ मा सुरु हुनेछ । यसै समयमा हुने अर्काे खेलमा चेल्सीले लेस्टर सिटीसँग खेल्दैछ । यता लिभरपुलले बर्नमाउथसँग प्रतिस्पर्धा गर्नेछ । आज हुने अर्काे खेलमा शीर्ष स्थानमा आर्सनलले फुलहमसँग प्रतिस्पर्धा गर्दा एभर्टनले ब्रेन्टफोर्डसँग खेल्नेछ ।​ ब्रेन्टफोर्ड र एभर्टनबीचको खेल ७ः४५ मा सुरु हुँदा फुलहमर आर्सनल बीचको खेल ९ः१५ मा सुरु हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप