फिफाले भारतीय फुटबल महासंघमाथिको प्रतिबन्ध हटायो
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) बाट निलम्बन फुकुवा गरेको छ । स्वीट्जरल्याण्डको जुरिचमा भएको फिफाको बैठकले भारतीय फुटबल महासंघमाथिको निलम्बन फुकुवा गरेसँगै अक्टोबर ११ देखि ३० सम्म आयोजना हुने फिफा यू–१७ महिला विश्वकप २०२२ लाई पूर्वनिर्धारित कार्यक्रमअनुसार भारतमा आयोजना गर्न सकिने भएको फिफाले शुक्रबार जानकारी गराएको हो ।
“यसै सन्दर्भमा फिफाको कार्यकारी समिति, ब्युरो अफ द काउन्सिलले २५ अगस्ट २०२२ मा एआईएफएफको निलम्बन तत्काल कार्यान्वयन हुने गरी फुकुवा गर्ने निर्णय गरेको थियो । यसले गर्दा सन् २०२२ को अक्टोबर ११ देखि ३० सम्म हुने फिफा यू–१७ महिला विश्वकप २०२२ भारतमा आयोजना गर्न सकिने फिफाले जनाएको छ ।
एआईएफएफलाई चुनाव गराउने दिशामा अपनाइने अर्को कदमहरूको सम्बन्धमा चाँडै नै थप पत्राचार गरिने फिफाले जनाएको छ । “फिफा र एएफसीले स्थितिको निगरानी जारी राख्नेछन् र एआईएफएफको समयमै निर्वाचन गर्न सहकार्य गर्नेछन्,” फिफाको विज्ञप्तिमा भनिएको छ ।
फिफाले एआईएफएफको कार्यकारी समितिको अधिकार ग्रहण गर्न गठन गरिएको प्रशासकहरूको समितिको म्यान्डेट समाप्त भएको र एआईएफएफ प्रशासनले एआईएफएफको दैनिक मामिलामा पूर्ण नियन्त्रण प्राप्त गरेको पुष्टि गरेपछि यो निर्णय लिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्रीको राणाको चीन भ्रमण स्वीकृत
-
कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
-
सूर्य नेपाल सेन्ट्रल ओपन : तोरण विक्रम शाही शीर्षस्थानमा
-
धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
-
हरेक महिना गराउनुहोस् यी दुई जाँच, बच्न सक्नु हुनेछ गम्भीर रोगबाट
-
विदेश भ्रमण ५ दिनमा सीमित गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन