शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

चुनावपछि मुलुक नयाँ दिशामा जान्छ : मन्त्री चौधरी

शनिबार, ११ भदौ २०७९, १२ : ०५
शनिबार, ११ भदौ २०७९

सहरी विकासमन्त्री मेटमणि चौधरीले मङ्सिरमा हुने निर्वाचनपछि मुलुक नयाँ दिशातर्फ अघि बढ्ने बताएका छन् । बुटवलस्थित रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले मुलुकमा संविधानको कार्यान्वयनका लागि गठबन्धन दलहरूलाई  विजयी गराउनुपर्ने आवश्यकता औंल्याए । मन्त्री चौधरीले संविधानविराेधी तत्वहरुबाट देश बचाउन सबै पार्टी एकजुट हुनुपरेको उल्लेख गरे ।

नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्यसमेत रहेका उनले मुलुक समृद्धिको बाटोमा अघि बढिरहेका बेला फेरि गोलचक्करमा  पार्ने काम भएको भन्दै त्यसलाई चिर्न गठबन्धन आवश्यक रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप