सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

भारतको ४९ औं प्रधानन्यायाधीश बने उदय उमेश ललित

शनिबार, ११ भदौ २०७९, ११ : ५९
शनिबार, ११ भदौ २०७९

भारतको सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा उदय उमेश ललितले शनिबार सपथ लिएका छन् । उनलाई राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मुले शपथ गराएकी हुन् ।

सर्वोच्च अदालतको ४९ औँ प्रधानन्यायाधीश बनेका न्यायाधिश ललित ७३ दिन अर्थात २०२२ नोभेम्बर ८ सम्म यस पदमा रहनेछन् । उदय उमेश ललित भारतका दोस्रो प्रधानन्यायाधीश हुन् जसलाई वकिलबाट सीधै सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरिएको थियो । उनीअघि न्यायाधीश एसएम सिकरी वकिलबाट सर्वोच्च अदालतको न्यायाधीश बनेका थिए । शनिबार अवकाश पाएका निवर्तमान प्रधानन्यायाधीश एनभी रमन्नाको स्थानमा न्यायाधीश ललितलाई यो पदमा नियुक्त गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप