आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बुटवलमा प्रचण्डको राजनीतिक प्रशिक्षण

शनिबार, ११ भदौ २०७९, ११ : ५९
शनिबार, ११ भदौ २०७९

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार बुटवल आएका छन् ।

लुम्बिनी प्रदेशका पार्टी स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य तथा प्रदेशका पदाधिकारीहरूलाई राजनीतिक प्रशिक्षण दिन प्रचण्ड साढे ११ बजे बुटवल आएका हुन् । पार्टीका रुपन्देही जिल्ला संयोजक निर्मल जीसीका अनुसार प्रचण्डले दिउँसो तीन बजेसम्म पार्टीका नेताहरुलाई प्रशिक्षण दिनेछन् । दिउसो ३ बजे पत्रकार सम्मेलन गरिने पार्टीले जनाएको छ । 

प्रचण्डसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन पनि बुटवल आएका छन् । बुटवलको कार्यक्रम सकेर नेताहरु आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप