बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियामा प्रजनन दर न्यून

शनिबार, ११ भदौ २०७९, ०८ : २२
शनिबार, ११ भदौ २०७९

दक्षिण कोरियाले फेरि विश्वको सबैभन्दा कम प्रजनन दर रेकर्ड गरेको छ । सन् २०१८ मा देशमा यो दर पहिलो पटक प्रति महिला एक बच्चा भन्दा कम थियो । तर, सरकारले बुधबार सार्वजनिक गरेको एक तथ्यांकमा जन्मदर अघिल्लो वर्ष शून्य दशमलब ८४ बाट शून्य दशमलब ८१ मा झरेको देखाएको छ र यो लगातार छैटौँ पटक जन्मदरमा गिरावट हो । 

आर्थिक सहयोग र विकास संगठन ओईसीडीले विगत छ दशकहरूमा प्रजनन दर स्पष्ट रूपमा घटेको जनाएको छ । तर यो प्रवृति विशेष गरी दक्षिण कोरियामा उल्लेख गरिएको छ, जहाँ परिवारको आकार केही पुस्ताको अवधिमा घटेको छ । सन् १९७० को  सुरुमा महिलाका औसत चार बच्चाहरु थिए ।

घट्दो जनसंख्याले देशलाई ठूलो तनावमा पार्न सक्छ । स्वास्थ्य सेवा प्रणाली र निवृत्ति भरणको माग बढ्दै जाँदा सार्वजनिक खर्चमा बढ्दो दबाबको अलावा, घट्दो युवा जनसंख्याले पनि अर्थतन्त्रलाई असर गर्ने श्रमिक अभाव निम्त्याउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप