बुबाहरूप्रति समर्पित गीत ‘बा आकाश हुन्’ सार्वजनिक
शनिबार, ११ भदौ २०७९, ०७ : ५८
समस्त बुबाहरूलाई समर्पित गर्दै गायक सुरेन गौतमले ‘बा आकाश हुन्’ बोलको गीत सार्वजनिक गरेका छन् । सन्देश श्रेष्ठको संगीतमा तयार भएको गीतमा शब्द तुलसी बस्नेतको छ ।
गीतको संगीत संयोजन दिनेश श्रेष्ठले गरेका हुन् भने भिडियो गायक स्वयमले तयार पारेका हुन् । सुरज केसी खिचेको गीतको भिडियोलाई विष्णुहरि तिमल्सिनाले सम्पादन गरेका छन् ।
गायक गौतमले यस अघि पनि रेशमी पर्दाले छेकेन, छेक्यो डाँडा कुहिरोले, आमाको अर्थ, पिरती लरी लै, सधै–सधै आदि गीत रिलिज भइसकेका छन् । त्यस्तै गौतमले ‘पिँजडाको सुरक्षा’ बोलको गीतका लागि पुरूष गायनको ‘ओएस नेपाल म्युजिक अवार्ड–२०७४’ जितेका थिए ।
अमेरिकाको टेक्सास राज्यमा बस्दै आएका गायक गौतम यतिबेला कृषिमा विद्यावारिधि गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सामा ३७ बिघामा लगाइएको गाँजा नष्ट
-
कतार एयरवेजले नेपालमा उडान सङ्ख्या बढाउन देखायो चासो, भैरहवा र पोखराबाट उडान गर्न आग्रह
-
हिमालपारिबाट पालिकाको गुहार – शिक्षा प्रणाली बिग्रिन लाग्यो, शिक्षक फर्काइदेऊ
-
वीरगञ्जमा रिपोर्टिङ गर्न गएका दुई पत्रकार घाइते
-
कोलकातासामु निरीह बन्यो पञ्जाब, १११ रनमा अलआउट
-
करेन्ट गुट्खा, भोला गुट्खा, भोला पावर खैनी र जीत खैनीको बिक्री वितरण रोक्का