कपिलवस्तुमा १५३ उम्मेदवारको जमानत जफत
कपिलवस्तु - मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कपिलवस्तुमा १५३ जना उम्मेदवारको जमानत जफत भएको छ ।
जम्मा १३ राजनीतिक दल र ७७ स्वतन्त्र गरी १८१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । ३ स्वतन्त्र सहित वाम गठबन्धनका नेकपा एमाले, माओवादी केन्द्र, नेपाली काँग्रेस, राजपा र संघिय समाजवादी फोरम गरी जम्मा २८ जना उम्मेदवारले मात्रै जमानत फिर्ता पाएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमुख ज्ञानहरी घिमिरेले रातोपाटीलाई जानकारी दिए ।
प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ६ निर्वाचन क्षेत्र रहेको यस जिल्लामा राप्रपा, राप्रपा(प्र), नयाँशक्ति, संघिय लोकतान्त्रिक राष्ट्रिय मन्च(थरुहट), देशभक्त जनतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा लगायतका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले खसेको सदर मतको १० प्रतिशत ल्याउन नसकेकाले जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
वाम गठबन्धनबाट नेकपा (एमाले)ले प्रतिनिधिसभाका दुई, प्रदेशसभाका पाँच र माओवादी केन्द्रले प्रदेशसभामा एक तथा नेपाली कांग्रेसका उम्मेदवारले प्रतिनिधिसभा र प्रदेशसभाका सबै सिटमा उम्मेदवारी दिएका थिए ।
प्रतिनिधिसभा क्षेत्र १ माओवादी केन्द्र, क्षेत्र २ नेकपा एमाले र क्षेत्र ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए भने प्रदेशसभा तर्फ क्षेत्र नं १ (क) मा नेकपा एमाले १ (ख) मा संघीय समाजवादी फोरम, क्षेत्र २(क) (ख) साथै ३ (क) मा नेकपा एमाले र क्षेत्र ३ (ख) मा नेपाली कांग्रेसका उम्मेदवारले जितेका थिए ।
जिल्लाको जम्मा तीन लाख ११ हजार ७६० मतदाता रहेकोमा निर्वाचनमा दुई लाख ३० हजार ९२ मत खसेको थियो भने दुई लाख १९७ मत सदर भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा सामान्य वृद्धि, साढे २ अर्बको कारोबार
-
कपिलको शोमा पुगे आमिर, भने – ‘बच्चाहरूले मेरो कुरा सुन्दै सुन्दैनन्’
-
प्राधिकरणको आम्दानीबाट सरकारले दिने विद्युत् सहुलियत धान्न सम्भव छैन : कुलमान घिसिङ
-
न्यायाधीश मल्लको प्रश्न– टीआरसीले हेर्ने कि अदालतले ?
-
सिटिजन लाइफले ल्यायो भिडियो केवाईसी सुविधा
-
चेम्बर अफ कमर्सका २४ वटा समितिको नेतृत्व चयन