शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

मेरो घरमा पाक्दैन दुई थरी तरकारी

शनिबार, ११ भदौ २०७९, ०७ : ५१
शनिबार, ११ भदौ २०७९

जसको घरमा बल्दैन चुलो 
जसको भान्छामा पकाउने सामग्री हुँदैन केही 
जसको मुखमा माड राख्ने हुँदैन केही 
जो सुत्नु परेको छ, भोको पेट 
जसले खान पनि पाएको छैन सुख्खा भात
जसले चामल देख्न, दसैं पर्खनु पर्छ   
के थाहा हुन्छ उसलाई, 
दुई थरी तरकारी के के भनेर । 

के थाहा हुन्छ उसलाई, 
तरकारीको स्वाद कस्तो हुन्छ भन्ने ? 
भोको पेटलाई मात्र थाहा हुन्छ, 
भोक के हो ? 
प्यासीलाई मात्र थाहा हुन्छ, 
प्यास के हो ? 
नगर्नु बहस कसैले पनि बेकारमा 
मेरो भान्छामा 
दुई थरी तरकारी पाक्दैन ।
कसको भान्छामा 
कति थरि तरकारी पाक्छ कुन्नि ?


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप