बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाकिस्तानमा बाढीबाट ९ सय जनाको मृत्यु

शनिबार, ११ भदौ २०७९, ०६ : ५५
शनिबार, ११ भदौ २०७९

पाकिस्तानमा आएको ऐतिहासिक वर्षा र बाढीबाट ३ करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । जुनदेखि मनसुनी वर्षा र बाढीमा ९०० भन्दा बढी मानिसको मृत्यु भएको छ  ।

 पाकिस्तानका जलवायु मन्त्रीले सरकार जलवायु–प्रेरित मानवीय प्रकोपसँग लडिरहेको बताइन् । आर्थिक संकटमा परेकाे पाकिस्तानले थप अन्तर्राष्ट्रिय सहायताको लागि आह्वान गरेको छ ।

जलवायु मन्त्री शेरी रेहमानले देश आठौँ मनसुन वृत्तबाट गुज्रिएको छ, जबकी सामान्यतया  देशमा वर्षाको तीनदेखि चार वृत्त हुने गर्छ । गर्मीको मौसम सुरु भएदेखि, धेरै मनसुन चक्रहरूले पाकिस्तानलाई  असर गरेको छ । वर्षा र बाढीपछि सरकारले संकटकाल घोषणा गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप