सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

भारतीय जनता पार्टीकी नेतृको बलात्कारपछि हत्या भएको दाबी, आरोपित पक्राउ

शुक्रबार, १० भदौ २०७९, २१ : १७
शुक्रबार, १० भदौ २०७९

भारतीय जनता पार्टीकी नेत्री सोनाली फोगाटको हत्यामा संलग्न भएको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  फोगाटको शव परीक्षण (पोष्टमार्टम) का क्रममा उनको शरीरमा ‘कैयौँ चोट’ भेटिएको रिपोर्ट अस्पतालले दिएको छ । 

फोगाट भूतपूर्व ‘टिकटक स्टार’ पनि रहेकी थिइन् । उत्तर भारतस्थित हरियाणा राज्यकी उनी भारतीय जनता पार्टीको तर्फबाट सन् २०१९ को राज्य विधानसभामा पराजित उम्मेदवार हुन् । प्रहरीका अनुसार सन्दिग्ध ती दुवै जनालाई बिहीवार साँझ पक्राउ गरिएको छ । 

पारिवारिक स्रोतका अनुसार सीसीटीभीद्वारा खिचेको दृष्यमा उनलाई सँगै रहेका दुईमध्ये एक जनाले जबर्जस्ती कुनै नशालु पदार्थ सेवन गराएको देखिएको छ ।  पश्चिमी राज्य गोवा भ्रमणका बेला यही अगस्ट २२ गते मृत्यु भएकी फोगाट ४२ वर्षकी रहेकी थिइन् । प्रारम्भिक रिपोर्टहरुमा उनको हृदयघातका कारण निधन भएको बताइएको थियो ।

तर उनको परिवारले उक्त दाबीलाई अस्वीकार गर्दै फोगाट कै सहयोगीहरुले उनको हत्या गरेको आरोप लगाएका थिए । उनका दुईजना निजी सहयोगीको नाम लिँदै सोनाली फोगाटका भाइले ती सहयोगीहरुले भिडिओ बनाएर ब्ल्याकमेल गर्ने गरेको आरोप पनि लगाएका छन् । उनले फोगाटको बलात्कारपछि हत्या भएको दाबी गरे । ती व्यक्तिले फोगाटलाई उनको राजनीतिक जीवन ध्वस्त बनाइदिने भन्दै धम्की दिने गरेका थिए ।

त्यस्तै उनले फोगाटका सम्पत्तिसम्बन्धी कागजपत्र र एटिएम कार्डसहित केही व्यक्तिगत सामग्रीहरू ती व्यक्तिले कब्जा गरेको आरोप लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप