बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

च्याउँ खेतीबाट मनग्य आम्दानी

शुक्रबार, १० भदौ २०७९, २१ : २०
शुक्रबार, १० भदौ २०७९

सुर्खेतको वीरेन्द्रनगरपालिका–१० चौखेढुङ्गाका इमानसिंह बस्नेतले १२ वर्षअघि एक कोठामा च्याउँ खेती गरे । आफू खानाका लागि च्याउँ खेती सुरु गरेका उनले अहिले सात टनेलमा व्यावसायिक सो खेती गरेका छन् । 

विगत १२ वर्षअघि विदेश जाने सपना देखेर दुबईको भिसा लगाएका उनले विदेशमा गर्ने दुःख आफ्नै देशमा गरे राम्रो आम्दानी गर्न सकिन्छ भनेर च्याउँखेती सुरु गरेका हुन् ।  उनले अहिले मासिक एक लाख ५० हजारसम्म आम्दानी गर्ने गरेको बताए । युवा स्वरोजगार कार्यक्रमबाट ५० हजार ऋण लिएर पाँच वटा टनेल निर्माण गरी व्यावसायिक च्याउँखेती गरेका उनले अहिले सात जना युवालाई रोजगारी दिएका छन् । 

पाँच टनेलमा उत्पादन भएको च्याउँले बजारको माग पुरा गर्न नसकेपछि दुई वटा थपेर सात वटा टनेल बाट अहिले उत्पादन भइरहेको छ । उनले यो खेतीमा लगभग ६५ लाख रुपैयाँ लगानी भएको बताए । उनले भने, “दैनिक ३५ किलो देखि ५० किलोसम्म उत्पादन हुन्छ ।”

यो खेतीबाट पाँच जनाको परिवारको खर्च धानेको उनले बताए । छोराछोरीको पठनपाठन र घरखर्चमा यसबाट मद्दत पुगेको उनको भनाइ छ । अरु पेशा भन्दा धेरै जोखिम च्याऊखेतीमा भएको उनको अनुभव छ । उनले भने, “लगानी एकैपटक हुन्छ र बिक्री पनि एकै पटक गर्नुपर्छ, यसलाई टिपेर राख्न नमिल्ने भएकोले जोखिम अलि बढी र आम्दानी पनि बढी नै छ ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप